आजको मौसमः यी स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना – Janadesh Daily | ePaper

आजको मौसमः यी स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना


जनादेश वेदर।

हाल प्रदेश १, माधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ।

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज (शुक्रबार) दिउँसो प्रदेश १ तथा मधेश प्रदेश एवं बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। ती प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ। अन्यत्र भने मौसम सफा रहनेछ।आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्यत्र सामान्यतया मौसम सफा रहनेछ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै तराई भूभागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्