जनादेश सोसल मिडिया वाच।
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होड देश र जनताका मुद्दा हराउने जोखिम देखिएको टिप्पणी गरेका छन् ।
बिहीवार राति एक ट्वीट गर्दै डा. भट्टराईले राजनीति अब अंकगणित र द्रव्यमै सीमित रहने हो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘बिहा गर्ने हतपतमा केटी/केटा माग्नै बिर्स्यो भने झैं स्थानीय चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होडमा देश र जनताका मुद्दा पूरै हराउने जोखिम पो देखिँदैछ त ! राजनीति अब अंक गणित र द्रव्यमै सीमित रहने हो? उही पुराना सोच,आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला?हामी कता जाँदैछौं ?’