जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार विमानस्थलमा जम्काभेट भेट भएको छ।
विमानस्थलमा तीन जना एक साथ बसेको सेयर गर्दै भट्टराईले सामाजिक सन्जाल ठट्टा गरेका छन्। एक ताका माओवादीमै रहेका तीनै जनाबीचको जम्काभेटपछि बाबुरामले लेखेका छन्, ‘नलाऊ माया दुइतिर।।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो !’
कुनै समय एकसाथ रहेका उनीहरू अहिले तीन वटा पार्टीमा छन्। पुन माओवादीमै रहे पनि भट्टराई जसपा र रेखा थापा राप्रमामा लागेकी छन्।
कुनै बेला तीनै जना नेता एकै पार्टीमा रहेको स्मरणसमेत बाबुरामले गरेका छन्। बाबुराम र वर्षमान युद्धबाटै माओवादीमा थिए भने शान्ति स्थापनापछि नायिका रेखा थापा पेरिसडाँडा पुगेर पार्टी प्रवेश गरेकी थिइन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका थिए। रेखा अहिले राप्रपामा छिन्। राप्रपाको पछिल्लो महाधिवेशनमा रेखाले महामन्त्रीमासमेत प्रतिस्पर्धा गरेकी थिइन्।