सङ्कल्प प्रस्ताव अस्वीकृत  – Janadesh Daily | ePaper

सङ्कल्प प्रस्ताव अस्वीकृत 


गण्डकी, 

गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसकोतर्फबाट प्रदेशभर ‘एक घर, १ पिसिआर’लगायत विषय समेटेर प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

असार २३ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त सङ्कल्प प्रस्तावलाई साझा बनाएर लैजाने प्रयास गरिए पनि त्यो सफल हुन सकेन ।

यसअघिका केही बैठकमा उक्त प्रस्तावलाई कार्यसूचीमा समावेश नभएको भन्दै काँग्रेसले प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो भने केही बैठक सूचना टाँगेर स्थगन भएको थियो ।

आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकामा ६० सदस्यीय प्रदेशसभामा काँग्रेसका १५ जना मात्र प्रदेशसभा सदस्य भएका कारण अस्वीकृत भएको हो ।

बैठकको शुरुमा प्रस्तावक काँग्रेसका कुमार खड्काले कोरोना नियन्त्रण र रोकथामका लागि दलकातर्फबाट पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुुनवाइ नभएका कारण सङ्कल्प प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभयो ।

प्रस्तावमाथिको छलफलमा काँग्रेसका ११, नेकपाका नौ जना, जनमोर्चा नेपाल र जनता समाजवादीका एक/एक जनाले आफ्ना धारणा राख्नुभएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्