काठमाडौँ,
पछिल्लो चौविस घण्टामा देशभर थप ४६४ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ९३६ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४६४ जनामा संक्रमण देखिएको बताए ।