काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण


काठमाडौँ,

पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना गरी १०६ जनामा नयाँ संक्रमण देखिएके हो ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १४ जना र ललितपुरका ३ जनामा संक्रमण छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडँैका ३९ जना ललितपुरका ३ जना र भक्तपुरका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै काठमाडौँका संक्रमितहरु वीर अस्पतालमा २, ह्याम्स अस्पतालमा ४ जना कोरिया मैत्री अस्पतालमा १ जना रहेको छ । यसैगरी स्टार अस्पताल सानेपामा काठमाडौका ११ र ललितपुरको १, बीध प्रयोगशालामा काठमाडौका २ र ललितपुरका १, त्रिवि शिक्षण अस्पतालमा काठमाडौका १ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै प्रहरी अस्पतालमा काठमाडौँका ७ जना पाटन अस्पतालमा काठमाडौंँका ५, ललितपुरका २ र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्