आजको मौसमः प्रि-मनसुन अन्तिम चरणमा, धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा – Janadesh Daily | ePaper

आजको मौसमः प्रि-मनसुन अन्तिम चरणमा, धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा


जनादेश वेदर ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिए।

बुधबार पनि दिउँसोपछि काठमाण्डौ उपत्यकालगायत धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको थियो । ढलको उचित व्यवस्थापन नहुँदा वर्षापछि काठमाण्डौका कपन, कलङ्की, बल्खु लगायतका केही ठाउँका सडक जलमग्न भएका थिए । सडकमा बाढी पसेपछि गाडीको आवागमन नै प्रभावित भएको थियो ।

यसैबीच, प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । अब मनसुन सुरु हुने बेलासम्मकै मौसम यस्तै रहने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । सामान्यतया नेपालमा जुनको पहिलो दोस्रो हप्तामा मनसुन भित्रन्छ ।

पोहोर मनसुनी अवधिको समय परिमार्जन गरिएको थियो । त्यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, पोहोर त्यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको थियो ।

यसपालि मनसुनमा सरदरभन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्