जनादेश हेल्थ डेस्क।
मङ्कीपक्स भाइरसबाट सर्ने एक प्रकारको रोग हो । नोपलमा हालसम्म यो रोग नदेखिए पनि विश्वका धेरै मुलुकमा देखा परेकाले सचेतना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
कसरी सर्छ ?
संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको निम्न कुराबाट सर्छः
– थुक, र्याल
– घाउ, खटिरा
– शरीरबाट निस्कने तरल पदार्थ
– दूषित सतह र सामग्री
निम्न अंगबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ :
– श्वासनली
– आँखा, नाक र मुख
– काटिएको, टोकिएको वा फुटेको छाला
– बाँदर, मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।
लक्षणहरू के–के हुन् ?
– ज्वरो आउनु
– सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु
– अनुहार हत्केला र पैतलामा डाबर देखा पर्नु
– डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
– टाउको, ढाड र मांसपेसी दुख्नु
– शरीरको ग्रन्थीहरू बढ्नु
– लक्षण १४–२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफैँ हराउँछ ।
सम्भावित जटिलताः
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई निम्न जटिलता हुन सक्छः
– आँखामा संक्रमण र दृष्टि गुम्नु
– अन्य जीवाणुको संक्रमण
– न्युमोनिया
– गर्भ खेर जाने
– मृत्यु
रोकथामका उपायः
– मङ्कीपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
– संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
– संक्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने
– घाउँसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
– नियमित रूपमा साबुनपानीले हात धुने
– मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
– संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातोपानी र डिटर्जेन्टले धुने
– संक्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
– फोहोरलाई उचित स्थानमा फाल्ने
हेर्नुस् स्वास्थ्य मन्त्रालयको सूचनाः