बालेन-सुनिताको शपथः नेपाली र नेपाल भाषामा, केही रोचक परिदृष्य – Janadesh Daily | ePaper

बालेन-सुनिताको शपथः नेपाली र नेपाल भाषामा, केही रोचक परिदृष्य


काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर तथा अन्य जनप्रतिनिधिहरुले सपथ लिएका छन्। उनीहरुले सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा सपथ लिएका हुन्।

मेयर निर्वाचित बालेन शाहले मुख्य निर्वाचन अधिकृत (जिल्ला न्यायाधीश) राजुकुमार खतिवडाबाट सपथ लिएका थिए। उपमेयर सुनिता डंगोलले भने शाहबाट सपथ लिइन्। शाहले पहिले नेपाली भाषामा र पछि नेपाल भाषामा सपथ लिएका थिए। डंगोलले भने सुरुमै नेपाल भाषामा सपथ लिइन्।

यस्तै, अन्य जनप्रतिनिधिहरु वडाध्यक्ष, वडासदस्य (कार्यपालिका सदस्यहरु०ले मेयर शाहबाट सपथ लिए। काठमाडौं महानगरपालिकाको मेयरमा बालेन स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका हुन्। उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी हुन्।

बालेन र सुनिताले शपथ लिँदा हलमा हुटिङ भएको थियो भने दुबै जना आपसमा खासखुस भलाकुसारी गर्दा रोचक परिदृष्य देखिएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्