नेपालको सबैभन्दा धेरै सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ ।
ह्याक भएको उक्त च्यानलमा ह्याकरले ‘टेस्लाको लाइभ नाम राखेको छ । टेस्ला विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका एलन मस्कको कम्पनी हो । ६९ लाखभन्दा बढी सब्सक्राइबर रहेको सो च्यानल हाल नियन्त्रणमा आइसकेको म्युजिक नेपालले जनाएको छ ।
यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका अन्य नेपाली च्यानलहरु ह्याक भएका थिए ।