आजको मौसमः चारवटा प्रदेशमा वर्षा – Janadesh Daily | ePaper

आजको मौसमः चारवटा प्रदेशमा वर्षा


जनादेश वेदर।

देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भूभागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्