लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ।
लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको लुम्बिनी प्रदेश सरकारको १८६ बुँदे नीति तथा कार्यक्रममा प्रदेशको राजधानी राप्ती देउखुरीको व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश विश्वविद्यालय, जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयाजनामा अगाडि बढाइने उल्लेख छ।
गौतम बुद्ध विमानस्थल सञ्चालनलाई अवसरका रूपमा लिएर पर्यटन र पूर्वाधार विकासका लागि थप काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम : लुम्बिनी-प्रदेश-सरकारको-नीति-तथा-कार्यक्रम