सटडाउनमा स्थगित र सुचारु गरिएका सेवाहरु – Janadesh Daily | ePaper

सटडाउनमा स्थगित र सुचारु गरिएका सेवाहरु


जनादेश,  काठमाडौँ ।

कोरोना संक्रमित बढेसँगै आइतबारबाट सटडाउन गरिने भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच बसेको बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका विभिन्न सेवा बन्द गर्ने निर्णय गरेका छन् । उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न सेवा प्रवाहमा रोक लगाइएको बैठकले जनाएको छ । यस्तै, काठमाडौँका प्रमुख व्यापारीक केन्द्र असन, महाबौद्ध, न्यूरोड क्षेत्र भने आज मध्यरातदेखि नै सिल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै संचालनमा रहने र बन्द भएका सेवाहरुबारे जनाकारी दिएको छ । जसमा शान्ति सुरक्षा सम्बन्धी कार्यहरू, ठाडो निवेदन र उजुरी सम्बन्धी कार्य, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापन कार्य खुला रहने छन् भने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा बन्द रहने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्