जनादेश वेदर।
आज मंगलबार देशका धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। हाल प्रदेश १ लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
कर्णाली र मधेस प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ।
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ।
२०७९ असार १५ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७९ असार १६ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेश केही स्थानहरुमा र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।