मौसम पूर्वानुमानः बिहीबारसम्म वर्षा नरोकिने, सतर्कता अपनाउन सूचना – Janadesh Daily | ePaper

मौसम पूर्वानुमानः बिहीबारसम्म वर्षा नरोकिने, सतर्कता अपनाउन सूचना


जनादेश वेदर।

दैनिक वर्षा हुने क्रम जारी छ। अहिले पनि देशभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज (मंगलबार) बिहान साढे ६ बजे दिएको जानकारीअनुसार हाल लुम्बनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

‘राति मध्यम वर्षा भएको थियो, अहिले हल्का वर्षा मात्र भइरहेको छ’, उनले भने।

मौसमविद् श्रेष्ठका अनुसार आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा हुने सम्भावना छ भने देशका अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ।

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

मौसमविद् श्रेष्ठका अनुसार कम्तीमा तीन दिन दैनिक वर्षा हुने क्रम जारी रहनेछ। ​हेर्नुहोस् मौसम महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको वर्षा सम्भावना–

असार २१ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राती : प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असार २२ गते बुधबार
दिउँसो : देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असार २३ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्