जनादेश सोसल मिडिया वाच।
पछिल्लो समय आलोचनाको घेरामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सोमबार राती आक्रामक स्टाटस लेखेका छन्।
फेसबुकमा उनले लेखेका छन्- काम गर्न देउ, डिस्टर्ब नगर।
बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले विवादमा तानिएका छन्। पोस्ट भएको १० मिनेटमै उनको स्टाटस ४ हजार ७ सयले लाइक गरेका छन् भने एक हजार कमेन्ट र एक सय ७१ सेयर भएको छ।
बालेनले र्यापर यमबुद्धको शालिक बनाउने प्रस्ताव गरेपछि उनको ब्यापक आलोचना भएको थियो। दबाब बढेपछि उनले फेसबुकबाटै आफ्नै तलबले शालिक बनाउने जवाफ दिएका थिए। तर त्यसपछि पनि उनको आलोचना रोकिएको छैन।