अमेरिकामा हालसम्म एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण – Janadesh Daily | ePaper

अमेरिकामा हालसम्म एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण


अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स ९एएपी० र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ ।

उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको पाइएको छ । यहाँ सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ ।

यहाँ उमेर समूहअनुसार कसलाई कुन रुपमा कोभिडको सङ्क्रमण भयो र के कस्तो असर गर्‍यो भन्ने विषयको अनुसन्धान आवश्यक रहेको देखिएको बताइएको छ । सो सम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ ।

कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । यसको असर यहाँ बालबालिकामा पनि परेको स्वस्थ्य अधिकारीहरुको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्