सुदर्शन अधिकारी :
चलीबेटी बेचबिखन भन्नाले महिला तथा केटीहरुको बेचबिखन भन्ने बुझिन्छ । गरिबी बेरोजगारी तथा असमदायी जीवन व्यतित गर्ने सपनाकै कारण चेलीबेटीहरु वेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भैराखेको छ । राज्यले यस कार्यलाई नियन्त्रण गर्नका लागि अनेकौ उपायको अवलम्वन गरे पनि अपेक्षित रुपमा चेलीबेटी बेचबिखन लाई रोक्न सकिराखेको छैन । यौन चाहना पूरा गर्न सक्ने उमेरका महिलाको बेचबिखन ठुलो समस्याको रुपमा रहेको छ ।
हजारौंको संख्यामा नेपाली चेलीबेटीहरु भारतका विभिन्न सहरमा बेश्यावृत्तिका लागि बेचिन बाध्य भएका छन् । पछिल्लो समयमा मानव अंग बेचबिखनका लागि महिलामात्र नभइ पुरुष र बालकहरु बेचिने गरेका छन् । शरीरका महत्वपूर्ण अंग मृगौला, आँखाका नानी जस्ता अंगलाई अवैध ढंगले वेच्ने उदेश्यका लागि पुरुषहरु पनि बेचिने क्रम बढेको देखिन्छ ।
मूलतः चेलीबेटी बेचबिखनकै सन्दर्भलाई यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । अशिक्षित तथा सामान्य साक्षर महिलासमेत दलालको झुटो सपनाप्रति विश्वास गर्दै बेचिन पुग्छन् । गाँउ घरका अभिभावकले पनि वास्तविकता थाहा नपाई तिनै मानव वेच्ने गिरोहका झुटो कुरालाई पत्याउने विलासी जीवन व्यतित गर्न पाइन्छ भन्ने आशामा निर्दाेष चेली बम्बै लगायत विभिन्न सहरमा नारकीय जीवन बिताउन बाध्य भएका छन् ।
पछिल्लो तथ्याङ्कअनुुसार हरेक वर्ष विभिन्न बहानमा भारतमा मात्र छदेखि आठ हजार महिला बेचिने गरेका छन् । आकर्षक तलव सुविधा होटल तथा लजमा विलाशी दैनिकी बिताउन पाउने ठुला सपना बाँडेर चेलीबेटीलाई ललाइफकाई विदेशी कोठीमा पु¥याउने गरिएको देखिन्छ । प्रायः सबै जिल्लाका चेली बेचिन पुगेका छन् ।
विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका अध्ययनबाट सबैभन्दा बढी संख्यामा चेलीबेटी बेचिने जिल्लामा सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, गोरखा लगायतका जिल्ला पर्छन् भने तराईका दाङ, नवलपरासी, कैलाली, धनुषा, महोत्तरी, बाँके आदि छन् । काठमाडौं, भक्तपुर र ललित्तपुर पनि यो समस्याबाट अछुतो भने छैन ।
अपरिचित व्यक्तिले विभिन्न अकर्षण देखाई ललाइफकाई गर्ने आफ्नै नातेदार जस्तै काका, भान्जी दिदी, फुपु लगायतका व्यक्तिले दलालको रुपमा काम गर्दे घुमाउन तथा तालिम दिने लैजाने बहानामा फकाएर बिक्री गर्ने गरेका घटना प्रशस्तै भटिएका छन् ।
नक्कली बिबाह गरी राम्रो र पर्याप्त तलब सुविधा लिने बाचा गरी बेच्ने गरिन्छन् । निशुल्क पदार्थ दिने बाचा गरी बेच्ने गरिन्छन् । पदार्थ दिने मिठो खाना राम्रो लगाउन दिने भन्दै प्रलोभनमा पारेर पनि बेचिने गरेका घटना छन् ।
उपत्यकाका सहरमा कार्पेट तथा गार्मेन्ट कारखानामा काम गरिरहेका केटीलाई स्थान परिर्वतन गर्ने बहानमा लागु पदार्थ सेवन गराइ अचेत अवस्थामा सिमाना कटाएर विक्री गर्ने गरिएका पाइन्छ । एक दशक अगाडिसम्म भारतमा मात्र सीमीत भएको नेपाली चेलीबेटी बेचबिखन अब तेस्रो देशमा पनि सामान्य भैसकेको छ ।
अवैध मार्गबाट अनेकौ वहानामा बेश्यावृत्तिका लागि नै चेलीबेटी बेचिन कुनै पनि दृष्टिकोणले उचित मान्न सकिदैन । कानुनले दण्डित गरेका भए पनि नयाँ तरिका र शैलीमा मानवबेचबिखनका गिरोह संगठित रुपले आफ्नो कुकर्मको धन्दा चलाई रहेकै छन् ।
सीमा सुरक्षामा प्रभावकारी जाँच नहुनु कानुनको कार्यान्वयन नहुनु कारवाही फितलो हुनु कारवाही पनि पहुँचको आधारमा गरिनुजस्ता गलत प्रवृत्तिले गर्दा यो समस्या जटिल वन्दै गएको देखिन्छ ।
चेलीबेटी बेचबिखनमा संलग्न अपराधीले राजनीतिक संरक्षण पाइरहने भएकोले पनि महिला तस्करी नियन्त्रण गर्न कठिन भएको हो । बेचिनु पर्ने मुल कारण भनेको गरिबी र बेरोजगारी समस्यालाई हल गर्न नसक्नुले पनि यो सामाजिक समस्या बढ्दै गएको देखिन्छ ।
कृषिलाई आकर्षित पेशा बनाउनेतर्फ राज्यले प्रभावकारी कदम चल्न नसक्दा र कृषिकार्यलाई अपहेलित पेशा भन्ने गलत मानसिकताले गर्दा बेरोजगारीको संख्या बढ्दै गएको छ । बेचिएका चेलीले रहरले नभई बाध्यताले बेश्याबृत्ति अगालेका हुन्छन् ।
बेश्यालयमा नपुगी उनीहरु आफु बेचिएको थाहा पनि पाउँदैनन् । थाहा पाएपछि चाहेर पनि त्यहाबाट उम्कन सक्दैनन् । जबर्जस्ती बेश्यावृत्तिको विकल्प पनि नहुने कोठीमा त्यहाँको मालिकले भनेको नमान्दा झनै कठोर र क्रुरतापुर्ण यातनाको शिकार हुनुपर्छ ।
सन् १९९० पछि नेपाली श्रमिक खाडी देशहरुमा जानेक्रममा महिला पनि घरेलु कामदारका रुपमा जानेक्रमको थालनीले अरबका देशमा बेश्याबृत्तिमा रहन बाध्य बनाइयो ।
महिला कामदारले बेश्याबृत्तिमा लाग्न बिबश वनाइएको घटनाले पछिल्लो समय खाडी राष्ट्र जान महिला कामदारलाई रोक लगाइए पनि संगठित गिरोहले वैकल्पिक मार्ग र देशको प्रयोग गर्दै अझै पनि त्यहाँ नेपाली चेलीहरु पठाउने कार्य रोकिएको छैन ।
इजरायलमा पनि महिला कामदारलाई केयर गिभर भनेर पठाइए पनि अधिकाशं महिलाले अनैतिक तथा जोेखिमपूर्ण कार्यमा संलग्न हुनु परेका समाचार आउने गरेका छन् । राज्यले आफना नागरिकलाई सुरक्षित ढंगले व्यवस्थित र कानुनी मान्यताप्रात कार्यमा मात्र रोजगारीमा पठाउनका लागि गभिरता पुर्वक अध्ययन कुटनीतिक प्रयास र श्रमसंझौताजस्ता पक्षमा ध्यान दिनु पर्ने हुन्छ ।
एकातर्फ प्रहरी प्रशासनबाट चेलीबेटी बेचबिखन गर्ने आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने क्रम बढेको देखिन्छ भने अर्कोेतर्फ नयाँ ढंगले नयाँ मार्गको पहिचान गर्दै भारत लगायत अन्यतेस्रो मुलुक चेलीबेटी पुर्याउनेक्रम पनि उत्तिकै बढेर गएको छ ।
ब्यवस्थित मर्यादित र कानुनी ढँगले रोजगारीका लागी महिला बैदेशिक रोजगारीका लागि जानु पाउने उनीहरुको स्वतन्त्रताको अधिकारलाई कुन्ठित राज्यबाट पनि गरिनु हुँदैन । त्यसै गरी कामदारको रुपमा बिदेश जानुपुर्व ज्यादै गंभीर भई सुरक्षित स्थान हो होइन बुझेर मात्र जाने र लाने गर्नुपर्छ खुला सिमानाका कारण नेपालबाट भारतमा विनारोकतोक मानिसहरु आवागमन गर्न सक्छ ।
प्रहरी प्रशासनले निगरानी गर्दा गर्दै पनि कतिपय दलालहरुले चेलीवेटी भारततर्फ सहजै लैजान सक्ने अवस्था छ । वैवाहिक सम्वन्धलाई देखाउने गरिन्छ जुन नक्कली रुपमा गरिएको हुन्छ त्यसै गरी दाजुवहिनी मामाभान्जी काकाभतिजा जस्ता मुल नाता देखाएर समेत वेश्यावृत्तिमा संलग्न गराउने अवस्था पुर्याउने गरेका छन् ।
अशिक्षा सामाजिक समस्या आर्थिक अवस्था सौतेनी व्यावहार आदिले गर्दा कतिपय घरपरिवारको वातावरण अनुपयुक्त हुनपुग्छ कतिपय युवतीहरु घरायसी वातावरण खराब भएकै कारण घरछाडेर हिड्न्ने जसलाई दलालहरुले सहजै विदेश पुर्याउने गरेका घटना प्रशस्तै भेटिन्छ ।
केही महिला गाउँ छाडेर सहरमा केही समय बिताई पुन गाउँमा जाँदा उनीहरुको रवाफ देखेर पनि अन्य महिला त्यसप्रति आकर्षित भई सहर आउन लालयित हुन्छ फल स्वरुप बेचिन पुग्छन् । राजनीतिकमा संरक्षण कारण अपराधिक गतिविधिलाई चाहेर पनि निरुत्साहित गर्न नसक्दा मानव बेचबिखन कार्य न्युन हुनुको साटो वढ्दै गएको देखिन्छ ।
अहिले पनि बेचिएका चेलीबेटीलाई उद्दार र पुनस्र्थापनामा गर्ने सरकारी निकायलगायत गैरसरकारी संस्थाहरु नभएका होइनन् । माइती नेपाल, एवीसी, साथीजस्ता दर्जनौ संस्था यस क्षेत्रमा कार्य गरिरहेका पनि छन् ।
बेलाबेलामा उद्दार र पुनर्स्थापना गरिए पनि समस्या घट्नुको बदला बढ्दै गएको छ । कतिपय समुदायका मानिस निरक्षर कमचेतनशील र विश्वास गरिहाल्ने प्रवृत्तिका कारण अपरिचित व्यक्तिसँग उमेर पुगेका चेलीहरुलाई जागिर दिलाइदिन्छु भनेकै भरमा पठाउने गर्छन् ।
तसर्थ आफ्ना चेलीको सुरक्षार्थ अभिभावक सचेत र चेलीहरु स्वयं जानकार हुनुपर्छ । यता चेलीवेटी बेचबिखन गर्ने विरुद्ध कडा कारवाहीका लागि आवश्यक कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ संवेदनशील भएर अगाडि बढ्नुपर्छ तवमात्र यो समस्या न्यून हुन सक्छ ।