चन्द्रप्रकाश नेपाली,
घोराही । प्रतिनिधी सभा सदस्य एवं पुर्व सभामुख कृष्णबहादुर महराले पत्रकार कृष्णसेन ‘ईच्छुक’ प्रति कसैले अपमान गर्न नहुने बताउँनु भएको छ ।
समाज परिर्वतनका लागि ‘ईच्छुक’ ले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै अपमान गर्न नहुने बताउनुभएको हो ।
आज घोराहीमा आयोजित स्वर्गीय लोककुमारी रिजालको चौथो स्मृति सभा एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल सरकारले गत २०६८ पुष ५ गते लमही –तुलसीपुर सडक खण्डलाई कृष्णसेन मार्ग नामाकरण गरेको भन्दै फेरी जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाले उक्त सडक खण्डको नाम परिर्वतन गर्ने निर्णयले कृष्णसेन प्रतिको अपमान भएको वताउँनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका महराले कृष्णसेन प्रतिको सम्मान नै सम्पूर्ण सहिद प्रतिको सम्मान हुने उल्लेख गर्नुभयो ।
त्यसअबसरमा प्रेस संगठनले स्थापना गरेको कृष्णसेन पत्रकारीता पुरस्कारबाट राप्तीपोष्ट दैनिकका सम्पादक एवं प्रकाशक शरद अधिकारी, पत्रकार महासंघले स्थापना गरेको पुरस्कारबाट पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केपी मसाल, लोककुमारी पत्रकारिता पुरस्कारबाट पाण्डब शर्मा, प्रतिभा पुरस्कारबाट लक्ष्मण विश्वकर्मा, शान्तकुमार बुढा मगर र अमृता भुषालाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रेस ंगठनका संयोजक प्रकाश चौधरीले गर्नु भएको थियो ।