माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा सहरमा रहेको सङ्ग्रहालय अवलोकन गर्नुभएको छ ।
पाँच दिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले आणविक बम प्रहार गरेको हिरोशिमा सङ्ग्रहालय अवलोकन गर्नुभएको हो ।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।