काठमाण्डौ,
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने र अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको छ ।
अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको बोर्डले जनाएको छ ।
परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिनुभयो ।
कोरोनाका कारण यसपटक विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक हुँदैछ । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । यसपाली एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।