गाउँपालिकाका लेखापालसहित ४ जना छुटे – Janadesh Daily | ePaper

गाउँपालिकाका लेखापालसहित ४ जना छुटे


रुकुम,

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भ्रष्टाचारको आरोपमा पक्राउ परेका गाउँपालिकाका लेखापालसहित ४ जना छुटेका छन् ।

गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका लेखापाल हेमन्त के.सी, लेखा सहयोगी उनका भतिजा सुवास के.सी., भाइ विकास के.सी र अर्का भतिजा भीमसेन के.सी छुटेका हुन् ।

अस्ती राती कागजात मिलाउन लगिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सुवास गाउँपालिकाले करारमा नियुक्त गरेका लेखा सहयोगीमा हुन् भने विकास सानीभेरी गाउँपालिका १ को शीतल माध्यमिक विद्यालय पक्रैंयाका प्रधानाध्यापक हुन् ।

वितेको आर्थिक बर्षको बजेटबाट २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल के.सीले सिम्रुतुमा रहेको लक्ष्मी बैंकमा रहेको आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि गाउँपालिकाले छानबिन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले छानबिन सुरु गरेपछि सबै रकम उनीहरुले गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्