रेशम चौधरी अस्पताल भर्ना – Janadesh Daily | ePaper

रेशम चौधरी अस्पताल भर्ना


काठमाण्डौ,

टीकापुर घटनामा कैद सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका हन् ।

डिल्लिबजारस्थित कारागारका जेलर गणेश आचार्यले केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुन्निने समस्या देखिएकाले चौधरीलाई अस्पताल भर्ना गरिएको बताए ।

उनलाई ७ भदौं २०७२ मा भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तका रुपमा जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो ।

उनी दुई वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्