आजको मौसमः काठमाडौंमा दिउँसोदेखि वर्षाको सम्भावना – Janadesh Daily | ePaper

आजको मौसमः काठमाडौंमा दिउँसोदेखि वर्षाको सम्भावना


जनादेश वेदर वाच।

देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षा हुने भएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । बिहान काठमाडौंका केही स्थानमा छिटपुट वर्षा भए पनि दिउँसो र अपराह्न भने हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्