उपत्यकामा बालेनको दबदबाः अल्फा बिटा कम्प्लेक्ससहित अवैध संरचनामा चल्यो डोजर – Janadesh Daily | ePaper

उपत्यकामा बालेनको दबदबाः अल्फा बिटा कम्प्लेक्ससहित अवैध संरचनामा चल्यो डोजर


काठमाडौँ महानगरले नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको भवनमा डोजर चलाएको छ ।

काठमाडौँका मेयर बालेन्द्र साहसहित पुगेको टोलीले अल्फा बिटाको अवैध संरचनामा डोजर चलाएको हो । उक्त कम्प्लेक्सले नक्सामा भए अनुसारको संरचना निर्माण नगरेको र पार्किङ समेत सडक पेटीमै गराउँदै आएको महनगरले जनाएको छ ।

यसअघि, बिहान सो संरचना हटाउन डोजरसहित कम्प्लेक्समा पुगेका मेयर साह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की परेको थियो । बिहान भएको चर्काचर्किमा निर्देशक शर्माले मेयर साहलाई नक्सा लिएर आउँन चुनौती दिएका थिए ।

दुई पक्षबीच भएको चर्काचर्कि पश्चात उक्त कम्प्लेक्सको नक्सासहित पुनः बानेश्वर पुगेर मेयर साहले अवैध संरचनामा डोजर चलाएका हुन् । साहले भवनको नक्सा मागेसँगै कार्यालयमा गई नक्सा र डोजरसहित फर्किएर रितपूर्वक काम गरेको बताएका छन् ।

“उँहाले आफ्नै नक्सा मलाइ माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए ” उनले भने ।

साहले ३५ दिने सूचना जारी गर्दा समेत रमिता हेरेर बसेका अवैध संरचना भत्काउने अभियान चलाइएको समेत घोषणा गरेका छन् ।

“अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला”  उनले आग्रह गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्