पछिल्लो २४ घण्टामा देशभर थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २११ तथा एन्टीजेन विधिबाट २३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, संक्रमणका कारण पछिल्लो चौबीस घण्टामा देशभर थप ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार आज थप ३०७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ हजार १९९ रहेको छ ।