पछिल्लो २४ घण्टामा देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६४ पीसीआर परीक्षणमा १६४ र १ हजार ७६९ एन्टिजेन परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोही समयमा ४६२ जना भने संक्रमण मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ रहेको छ भने पछिल्लो २४ घण्टामा ५१ हजार २३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।