पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट गरिएको ३ हजार ९२० नमुना परीक्षणमा २७१ जनामा संक्रमण फेला परेको हो ।
यस्तै, २४ घण्टामा १७५ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १९४ रहेको छ ।