जनादेश, काश्की पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अनुसंधान मूलक शिक्षण सिकाइबाट मात्र विश्वविद्यालय तहको शिक्षामा गुणस्तर कायम गर्न सकिने बताउँनु भएको छ ।
पोखरा विश्वविद्यालय अनुंसंधान केन्द्रले आयोजना गरेको तीन दिनसम्म चल्ने कार्यशाला गोष्टीको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै उपकुलपति प्रा.डा. अर्यालले उक्त कुरा बताउँनु भएको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबै कलेजहरुमा अनुसंधान व्यवस्थापन केन्द्र स्थापना भई सकेका छन् । अब उक्त केन्द्रहरु र विश्वविद्यालयको सहकार्यमा अनुसंधान मुलक कार्य अगाडी बढने कुरा बताउँनु भएको छ ।
तीन दिनसम्म चल्ने कार्यशाला गोष्टीमा साठी भन्दा बढी कलेजको प्रतिनिधित्व रहेको छ । उक्त कार्यशाला गोष्टीमा नेपालमा अनुसंधानको क्षेत्रमा योगदान पुराएका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । कार्यक्रमको सहजिकरण पोखरा विश्वविद्याल अनुसंधान केन्द्रका निर्देशक सहप्रध्यापक डा.नवराज धामीले गर्नु भएको छ ।