काठमाडौँका मेयर बालेन्द्र साहपछि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि मापदण्ड बिपरितका संरचना हटाउन एक्सनमा उत्रिएका छन् ।
आइतबार मेयर महर्जनसहितको टोलीले लगनखेल स्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो । मापदण्डविपरीत बनाइएको सो संरचना हटाउन पटकपटक ताकेता गर्दा पनि अटेरी गरेपछि सिल गरिएको महानगरले जनाएको छ।