राप्ती इञ्जिनियरिङ कलेज: बालदिवसको अवसरमाएकल नृत्य प्रतियोगिता आयोजना (भिडियो सहित) – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेज: बालदिवसको अवसरमाएकल नृत्य प्रतियोगिता आयोजना (भिडियो सहित)


जनादेश, लुम्बिनी प्रदेश । राप्ती इञ्जिनियरिङ कलेजले घोराहि दाङले बालदिवसको अवसरमाएकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुलनाराका साथ अन्तराष्ट्रिय बालदिवसको अवसरमा एकल नृत्य प्रतियोगिता आयोजना गरेर मनाए । कार्यक्रमका प्रमुख अतिथि, राप्तीइञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशकडा. भीमसेन गिरीले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्नमा यस नृत्य प्रतियोगिताले सहगोग पु¥याएको बताए ।

कलेजमा अध्ययनरत विद्यार्थीहरु फरक भाषा शैली, संस्कृति र समाजबाट यस कलेजमा अध्ययन गर्न आएका र उक्त विद्यार्थीहरु आफ्ना भाषा, संस्कृती झल्कने नृत्यहरु प्रस्तुत गरिएकोमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले पनि आफ्नो भाषा, संस्कृती बचाई राख्नका अनुरोध गरे । डा. गिरीले प्रशंसनीय दृष्ट्रिकोण राखेमा विद्यार्थीहरुको भविष्य उज्यालो हुने र सबैले आफूलाई प्रशंसनीय व्यक्तिको रुपमा स्थापित गर्नको लागि आजै देखि लाग्नु पर्ने बताए ।

समाजलाई बाल मैत्री बनाउनका् लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । बाल दिवसको अवसरमा भएको प्रतियोगितामा डिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका आस्था रोकाय प्रथम, डिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका मेन कुुमारी घर्ति दोस्रो, प्रि—डिप्लोमाइनसर्भे इञ्जिनियरिङका कमल घर्ती तृतिय,डिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका मिना पाण्डे र प्रि—डिप्लोमाइन सिभिल इञ्जिनियरिङका संगिता खनाल सान्त्वना स्थान प्राप्त गरेका थिए ।

सो प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने सबैलाई कार्यक्रमका प्रमुख अतिथि डा. भीमसेन गिरीले पुुरुस्कार वितरण गरेका थिए । कलेजका एकेडेमिक कोर्डिनेटर ई. बाबुराम जोशीको सभापतित्वमा भएको कार्यक्रमको टीवि भागिय प्रमुख विश्वबन्धु थापाको स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण डिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका विद्यार्थी मनोज शर्माले गरेका थिए । कार्यक्रममा कलेजमा सिटिईभिटी अन्र्तगत डिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्ड, प्रि–डिप्लोमाइन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङका विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीहरुको कार्यक्रममा सहभागितारहेको थियो ।

https://www.youtube.com/results?sp=mAEB&search_query=rapti+engineering+college%2C+Dance+compition

         

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्