संसदमा सुरुमै बोल्न नदिइएको ओलीको गुनासो – Janadesh Daily | ePaper

संसदमा सुरुमै बोल्न नदिइएको ओलीको गुनासो


जनादेश, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रतिपक्षी दलको नेताभन्दा पहिला प्रधानमन्त्रीलाई बोल्न दिएकोमा गुनासो व्यक्त गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा समापन मन्तव्य राख्दै ओलीले शेरबहादुर देउवा प्रतिपक्षमा रहँदा स्थापित गरेको कुरा उल्लंघन गरिएको बताएका हुन् ।

समापन मन्तव्य राख्ने क्रममा सभामुखले शुरुमा प्रधानमन्त्री देउवालाई बोल्न समय दिएका थिए । ‘अहिलेका प्रधानमन्त्री प्रतिपक्षमा हुँदा प्रधानमन्त्रीभन्दा पहिला प्रतिपक्षी दलको नेतालाई सम्बोधन गर्न दिने निर्णय भएको थियो, आज सभामुखले किन त्यसो गर्नुभएन’, ओलीले भने, ‘प्रतिपक्षमा भए पनि यो कुरा अहिले गर्दिन । चुनाव घोषणा गर्दा प्रतिगमन भयो भन्नु प्रतिपक्षी दलको नेताले पहिला बोल्न पाउँछ भनेर बेल घेरेजस्तै हो ।’

अन्तिम बैठकमा ओलीले प्रतिनिधि सभा विघटनको निर्णयको बचाउ गर्दै पुनर्स्थापना नभएको भए गत वैशाखमै चुनाव भइसक्ने दाबी गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्