माधव नेपाल र राष्ट्रपतिको नाम लिएर बालेनले सोधे- के मुखले भोट माग्नुहुन्छ ? – Janadesh Daily | ePaper

माधव नेपाल र राष्ट्रपतिको नाम लिएर बालेनले सोधे- के मुखले भोट माग्नुहुन्छ ?


जनादेश सोसल मिडिया वाच।

काठमामाडौंका मेयर बालेन शाहले तिनकुनेको समस्या समाधान नगरेको भन्दै राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति आक्रोश पोखेका छन् । उनले ५० वर्षदेखिको समस्या समाधान गर्न आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरे पनि समाधान नगरेको टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा तिनकुनेको तस्वीरसहित लेखेका छन्, ‘आदरणीय माधव नेपाल ज्यु तथा सम्माननीय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

तिनकुने काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यो माधव नेपाल चुनाव लड्दै आएको क्षेत्र हो । बालेनले तीनकुने क्षेत्रको जग्गा अतिक्रमणलाई इङ्गित गरेको बुझिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्