जुम्ला ,
जुम्लामा कोरोना संक्रमित बढ्न थालेपछि सदरमुकाम खलंगामा फेरि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले चन्दननाथ नगरपालिका र तिला गाउँपालिका वडा नम्बर ५ मा निषेधाज्ञा जारी गरेको हो ।
जुम्लामा पछिल्लो पटक चन्दननाथ नगरपालिकामा तीन जना, तिला गाउँपालिका ५ मा एक जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी पचाल झर्ना कालीकोटका जुम्लामा बस्दै एक जना र शुभकालिकागाउँपालिकाका एकमा कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । अहिले प्रतिष्ठानको आइसेलेशनमा आठ जना रहेका छन् ।