अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई – Janadesh Daily | ePaper

अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई


यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना अमेरकी अर्थशास्त्रीलाई दिने घोषणा भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा गरेको हो ।

यी तीन विद्वानले वित्तीय सङ्कटमा बैंकको भूमिकाबारे निकै महत्त्वपूर्ण अनुसन्धान गरेको र सुधारका उपायसमेत दिएको बीबीसीले जनाएको छ । यिनीहरूले बैंक तथा वित्तीय संस्थाको पतन रोक्ने विषयमा पनि उल्लेख्य सुझावहरू दिएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाको पतनले राज्यको अर्थतन्त्र कसरी धराशायी हुन्छ, बचतकर्ताको लगानीलाई कसरी सदुपयोग गर्ने, ऋणको व्यवस्थापन कसरी गर्ने, ऋणी डुबेको अवस्थामा के गर्ने, बैंकको सामाजिक कार्य के हुने लगायतका कैयौँ अनुसन्धान पनि उनीहरूले गरेका नोबेल एकाडेमीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्