उपत्यकाको आजको मौसम कस्तोः भोलिदेखि मात्र सुधार – Janadesh Daily | ePaper

उपत्यकाको आजको मौसम कस्तोः भोलिदेखि मात्र सुधार


जनादेश वेदर वाच।

काठमाडौंमा आज मौसममा बदली हुने भएको छ । घाम लाग्ने र बदली हुनेक्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अपराह्नपछि भने काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ । “दिनभर मौसममा बदली रहनेछ । घाम लाग्ने र बदली भइरहनेछ,” मौसमविद् हीरा भट्टराईले भने, “अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना रहेको छ ।”

वर्षाको सम्भावना रहेको तर हल्कादेखि सामान्य वर्षा मात्रै हुने उनको भनाइ छ । “वर्षा हुन्छ तर केही दिन अगाडिको जस्तो ठूलो वर्षा हुँदैन । सामान्य वर्षाको सम्भावना छ,” मौसमविद् भट्टराईले भने ।

भोलिबाट काठमाडौंको मौसम सफा हुने उनको भनाइ छ । मौसम सफा हुने र पानी पर्ने क्रम पनि रोकिँदै जाने भट्टराई बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्