जनादेश, काठमाण्डौं । टोखारोड धापासी, काठमाडौंमा संचालित एशिया प्यासिफिक स्कुल ‘इमर्जिङ प्रोग्रेसिव स्कूल अफ द इयर अवार्ड’बाट सम्मानित भएको छ। संयुक्त अरब इमिरेट्स(UAE) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।
कलेज रिडर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा. आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेन र नेपालबाट मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्यद्धारा संयुक्त रुपमा उक्त अवार्ड स्कुलका प्रिन्सीपल रमेश घिमिरेलाई प्रदान गरिएको हो ।
एशिया प्यासिफिक स्कूल (एपीएस) ले विद्यार्थीहरुलाई गर्दै सिक्ने वातावरणको श्रृजना गर्नुको साथै उनीहरुको शिक्षण सिकाईलाई सरल र सहज बनाउँनका लागि विद्यालयमा आधुनिक प्रविधिको पूर्ण प्रयोग गरिएको प्रिन्सीपल रमेश घिमिरेले जनादेशलाई बताएका छन् । उनले भने, ‘शिक्षाले मानव जीवनको व्यावहार, आनीबानी, सीप र दृष्टिकोणमा परिर्वतन ल्याउने हुनाले देशलाई मायाँ गर्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने लक्ष यस विद्यालयले लिएकोछ ।’
यस विद्यालयमा +२ सम्म Science, Management, Hotel Management कार्यक्रमहरु संचालनमा रहेका छन् । अनुसंधानात्मक शिक्षण सिकाई, परियोजना मुलक कार्यमा विद्यार्थीहरुलाई सहभागी गराई उनीहरुमा ज्ञान र सीपको विकास भएको देख्न पाउँदा खुशी व्यक्त गरेका छन। स्कुलले यसअघि पनि विभिन्न अवार्डहरु प्राप्त गरेको र अहिले प्राप्त भएको आवार्डले आफुहरुमा झन जिम्मेवारी थपिएको प्रिन्सीपल घिमिरेले बताए ।
अवार्ड वितरण कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो ।
पुरस्कारवितरण कार्यक्रमका सहभागीहरु