भारतले गुगललाई लगायो १३ अर्ब ३७ करोड भारू जरिवाना – Janadesh Daily | ePaper

भारतले गुगललाई लगायो १३ अर्ब ३७ करोड भारू जरिवाना


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

भारतको प्रतिस्पर्धा आयोग (सीसीआई)ले गुगललाई १३ अर्ब भारू भन्दा धेरै जरिवाना लगाएको छ । एन्ड्रोइड मोबाइल उपकरण बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेकोमा गुगललाई १३ अर्ब ३७ करोड ७६ लाख भारू जरिवाना लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।

सीसीआईले गुगललाई चाँडै काम गर्ने तरिकामा परिवर्तन गर्न पनि निर्देशन दिएको छ ।स्मार्ट मोबाइल फोनमा एप्लिकेसन र प्रोग्रामहरू चलाउन अपरेटिङ सिस्टम चाहिन्छ। सन् २००५ मा गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम अधिग्रहण गरेको थियो।

सीआईसीले एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइल फोनमा गुगलको आफ्नै सर्च एप, क्रोम ब्राउजर र युट्युब पहिले नै इन्स्टल भएको पत्ता लगाएको छ । यसले गुगुलाई बजारमा अन्य प्रतिष्पर्धीभन्दा अनुचित फाइदा दिने सीसीआईले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्