गोरखाको सडकमा धुलो रहन दिन्न: प्रचण्ड – Janadesh Daily | ePaper

गोरखाको सडकमा धुलो रहन दिन्न: प्रचण्ड


जनादेश, गोरखा । पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका सडकमा धुलो रहन नदिने बताउनुभएको छ ।

आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताउनुभएको हो । तीन दिन देखि यहाँको सडकमा म यात्रा गरिरहेको छु अवको पाँच वर्षमा यहाँका सबै धुलो हटाएर बाटो कालोपत्रे गरिने छ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
गोरखाको धुवाँकोटमा नै बसेर माओवादी पार्टीको परिकल्पना गरेको र आज यो स्थान सम्म आएको बताउँदै यहाँ आएर निर्वाचनमा उम्मेदवारी दिने धेरै पहिला देखिको योजना आफ्नो रहेको उहाँले बताउनुभयो ।

गोरखाले गण्डकी प्रदेशको मुख्यमन्त्री र सरकारको नेतृत्व एकै साथ प्राप्त गर्ने सम्भावना पनि रहेको उहाँको भनाइ छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताउनुभएको छ । गोरखाको विरुवाटारमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहाल सहित पुग्नुभएका भट्टराईले सो कुरा बताउनु भएको हो ।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताउनुभयो । तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उहाँले बताउनुभयो । ‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु,’ उहाँले भन्नुभयो ।

आफूले निर्वाचन जितेपछि बाटोघाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि भट्टराइले बताउनुभयो ।
प्रदेशसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज पाण्डेले गोरखाले प्रधानमन्त्री पाउनेमा कुनै शँका नै नरहेको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्