घोषणा पत्र सार्वजनिक भएपछि बाबुरामले सबैलाई सोधेको एउटै प्रश्न – Janadesh Daily | ePaper

घोषणा पत्र सार्वजनिक भएपछि बाबुरामले सबैलाई सोधेको एउटै प्रश्न


जनादेश सोसल मिडिया वाच।

नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरूले जनतालाई झुक्याएको बताएका छन् । उनले प्रमुख दलका घोषणापत्रमा गर्ने कामबारे फुलबुट्टा भरेको भए पनि ती काम कसरी गर्ने र पैसा कहाँबाट ल्याउने भन्नेबारे केही नलेखिएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रमुख दलहरूको चुनावी घोषणापत्र पढ्दा’के गर्ने’भन्नेवारे त निकै फुलबुट्टा भरेको देखियो तर ‘कसरी गर्ने’ र मुख्यतः पैसो ‘कहॉबाट ल्याउने’ भन्नेवारे चाहि खासै केही भेटिएन ! अनि तीन बर्ष दुई तिहाइको सरकार हुॅदा किन ती काम नगरेको भन्ने पनि बताउन आवश्यक ठानिएन ।मतदातालाई अब कति झुक्याउने ?’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्