काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना – Janadesh Daily | ePaper

काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना


काठमाडौँ  । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो । आचारसंहिता उल्लंघनको गर्नेलाई जरिवाना गरेको पछिल्लो समय यो नै पहिलो घटना हो ।

काठमाडौं १६ को अध्यक्षमा पुनः रिजाल निर्वाचित « The Nepal Top

आयोगले रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । वडाध्यक्ष रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीको आधारमा स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ ।

स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था छ । रिजालले आफू प्रचारमा संलग्न नभएको दाबी सहितको स्पष्टीकरण आयोगमा दिएको थियो । रिजालकै फेसबुकमा प्रचारमा संलग्न भएको आधारमा जरिवाना गरिएको आयोगले जनाएको छ । आचारसंहिताअनुसार उनले काठमाडौं महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न हुन पाउँदैन । उनी कांग्रेसको उम्मेदवारको पक्षमा प्रचारमा हिँडेको भन्दै आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गरेको हो । यो दफामा आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । कान्तिपुरबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्