काठमाडौं,
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १६ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।
त्यसैगरी भदौ १ गतेदेखि संचालनको तयारीमा रहेको बताइएको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा आजको बैठकले पुनः रोक लगाउने निर्णय गरेको हो ।