जनादेश, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यू–१५ महिला साफ च्याम्पियनसिप उपाधि उचाल्ने नेपाली टिमलाइ बधाई दिनुभएको छ । बङ्गलादेशमा भएको फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपाली टिमलाई शुक्रबार ट्वीटरमार्फत् बधाई दिनुभएको हो ।
बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले ट्वीटमा लेख्नुभएको छ, ‘‘साफ यू(१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जित्न सफल भएकोमा नेपाली फुटबल टिमलाई हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्छु।’’
बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।