मौसम विभागले भन्योः चिसो बढ्यो– आवश्यक सावधानी अपनाउनू – Janadesh Daily | ePaper

मौसम विभागले भन्योः चिसो बढ्यो– आवश्यक सावधानी अपनाउनू


जनादेश वेदर वाच।

केही दिनयता तापक्रम घट्न थालेको छ । तापक्रम घट्दा चिसो भने बढ्दै गएको छ । हिमाली भू–भागमा हिमपात सुरु भइसकेको छ । जसका कारण चिसो बढ्न थालेको हो ।

चिसो बढेकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ,” विभागले भनेको छ । हिमपातका कारण पर्वतारोहणमा पनि अवरोध आउन सक्ने विभागको भनाइ छ । पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागको आग्रह छ ।

यसैबीच, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्