आजको मौसमः हिमपात वर्षाको सम्भावना छ कि छैन – Janadesh Daily | ePaper

आजको मौसमः हिमपात वर्षाको सम्भावना छ कि छैन


जनादेश वेदर वाच।

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा र बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश–१ का हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागको आग्रह छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न पनि आवश्यक सावधानी अपनाउनु पर्नेमा विभागको जोड छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्