प्रतिनिधि सभामा एकीकृत समाजवादीका आलेको ह्याट्रिक – Janadesh Daily | ePaper

प्रतिनिधि सभामा एकीकृत समाजवादीका आलेको ह्याट्रिक


धनगढी। डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा ( एकीकृत समाजवादी )का उम्मेदवार ५१ वर्षीय प्रेमबहादुर आले निर्वाचित भएका हुनु भएको छ ।

Prem Bahadur Ale appointed as Minister of Culture, Tourism, and Civil  Aviation

बिहीबार बिहान मतगणना सम्पन्न हुँदा पूर्वमन्त्री समेत रहनु भएका आले डोटीबाट लगातार तेस्रो पटक निर्वाचित हुनु भएको हो । आले २०७० र २०७४ मा नेकपा (एमाले) को उम्मेदवारको रूपमा विजयी हुनु भएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले नेकपा (एमाले) की उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराउनु भएको छ ।

आलेले २७ हजार २१० मत प्राप्त गर्दा  ओलीले २३ हजार चार मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९, राप्रपाका अङ्कबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत पाउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्