काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्रीमा, चिसो बढ्दै – Janadesh Daily | ePaper

काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्रीमा, चिसो बढ्दै


जनादेश वेदर वाच।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो। हिजाे शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।

अहिले बिहान ८:४५ बजे देशका अन्य स्थानका न्यूनतम तापक्रम सार्वजनिकसँगै उपत्यकाको न्यूनतम तापक्रम पनि अपडेट गरिनेछ।

हिजो शनिबार भने देशका विभिन्न स्थानको तापक्रम यस्तो थियो :

आजको मौसम
आज सामान्यतया देशभर मौसम सफा रहने मौसमविद् लामिछानेले बताए। उनका अनुसार आज कतै हिमपात वा वर्षाको सम्भावना छैन। महाशाखाले जारी गरेको बुलेटिनअनुसार यतिबेला (आइतबार बिहान) देशभर मौसम सामान्यतया सफा छ। देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानमा भने हल्का हुस्सु/कुहिरो लागेको छ। तर यो घामसँगै हटेर जाने मौसमविद्ले बताएका छन्।

बुलेटिनअनुसार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने भए पनि रातिचाहिँ लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्