चिसो झन् झन् बढ्दै, मौसमविद् भन्छन्- सतर्क रहनुस् – Janadesh Daily | ePaper

चिसो झन् झन् बढ्दै, मौसमविद् भन्छन्- सतर्क रहनुस्


जनादेश वेदर वाच।

पछिल्लो केही समय यता उल्लेखनीय मौसमी प्रणाली नहुँदा वर्षा र हिमपात हुन सकको छैन । आज पनि देशका कुनै पनि भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छैन ।

यद्यपि, चिसो भने बढ्दै गइरहेको छ । तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जानेक्रम रहेको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ । सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो । सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहको छ । पौने ९ बजे अझै चिसो बढेर तापक्रम घट्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्