आजको मौसमः काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस, तराईमा हुस्सु कुहिरो – Janadesh Daily | ePaper

आजको मौसमः काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस, तराईमा हुस्सु कुहिरो


जनादेश वेदर वाच।
तराईका केही भू–भागमा केही समययता बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ । यद्यपि, घाम लागेसँगै यो हट्दै जाने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हुस्सु र कुहिरो लागेसँगै तापक्रम घट्दै जान थालेको छ । जसका कारण बिहान र बेलुका तराईमा पनि जाडो बढेको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गर्दै आएको छ ।

विभागका अनुसार आज बिहान तराई भू–भागका केही स्थानमा हुसु र कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्