तानसेन,
धार्मिक धरोहर भगवती मन्दिरमा मेला लाग्ने दिन बुधबार प्रदेश नं ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताउनुभएको छ ।
मन्दिरमा हरेक वर्ष भाद्र कृष्णपक्षको नवमीको दिन भगवती जात्रा हँुदै आएको छ । मन्दिरमा लाग्ने जात्राका बेला यस वर्षदेखि पाल्पामा सार्वजनिक बिदा दिने प्रदेश नं ५ सरकारले निर्णय गरेको छ ।